विदेश

महिलाहरूलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन तालिबानको निर्देशन


काठमाडौँ – तालिबानले अफगानिस्तानका महिलाहरूलाई परम्परागत बुर्का अनिवार्य लगाउन निर्देशन दिएको छ । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिबान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा हुँदा महिलाका लागि ड्रेस कोड अनुमोदन गरेका हुन् ।

अब अफगानिस्तानमा महिलाले आफ्नो अनुहार र शरीर ढाक्न नीलो रङको परम्परागत अफगान बुर्का लगाउनुपर्ने भएको छ । महिलाहरूलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन समेत तालिबानले भनेको छ ।

गत वर्षको अगस्टमा सत्तामा आएपछि तालिबानले विगतको भन्दा नरम शासन गर्ने प्रतिज्ञा गरे पनि बिस्तारै कठोर बन्दै गएको छ । तालिबानको कदमप्रति विश्वका अधिकारवादी संघसंस्थाहरूले विरोध जनाएका छन् ।