काठमाडौँ — जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको एमाले अध्यक्ष केपी ओलीले म्वाई खाएपनि विष लाग्ने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले अझै पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले संघीयता लोकतन्त्र र संविधान खाने कुचेष्टा गरेको भन्दै त्यसबाट बचाउन वर्तमान सत्ता गठबन्धन बनेको बताए । केपी ओलीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेकाले यो गठबन्धन बनाउन बाध्य भयौँ’ श्रेष्ठले भने, ‘यो गठबन्धन बनेपछि जनताको लहर बढेको छ ।
तर कतिपय मानिस अझै भ्रममा छन् । उनीहरु भन्छन्–आइ लभ यु केपी बा भन्छन् । उनले ओलीलाई सर्पसँग तुलना गर्दै भने, ‘सर्पले दुध खाएपनि विष लाग्छ, ओलीले म्वाई खाएपनि विष लाग्छ । उनले चितवनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै यो देशको कायापलटका लागि पनि गठबन्धनको विकल्प नभएको बताए । गएको ५ वर्षमा भरतपुरको विकास हेर्दा रेनु दाहालको नेतृत्वमा विकासमा कायापलट हुन्छ भन्ने पुष्टि भएको बताए ।


प्रतिक्रिया