काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पालिका चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउने गरी वातावरण मिलाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । शीतल निवासमा आज बुधवार आयोगका पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले पालिका चुनावका लागि आयोगको तयारी सन्तोषजनक भएको उल्लेख गर्दै मतदाताले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्बाध रूपमा मतदान गर्न पाउने हक, अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने वातावरण बनाउन चनाखो रहनुपर्ने बताउनुभयो ।
राजनीतिक दल र उम्मेदवारलाई जसरी पनि आफूले चुनाव जित्नुपर्छ भन्ने भावना भए पनि आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत सङ्कलन गरेर निष्पक्षताको प्रत्याभूति दिनुपर्नेमा भण्डारीले जोड दिनुभयो । यस्तै छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावको तयारीका सबै काम अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको थियो ।


प्रतिक्रिया