विदेश

अभिनेता सोनु सुदले नेपाली बालिकाको पढाइ खर्च व्योहोर्ने


काठमाडौँ — भारतीय अभिनेता सोनु सुदले एक जना नेपाली बालिकाको पढाइ खर्च उठाउने भएका छन् । उनले वीरगञ्जकी बालिका मुस्कान कर्णको पढाइ खर्च व्योहोर्ने भएका हुन् । ट्विटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । सोनुले पढाइको खर्च उठाउने भएपछि मुस्कानले एक भिडिओ सेयर गर्दै धन्यवाद व्यक्त गरेकी छन् ।

उक्त भिडिओ सेयर गर्दै सोनुले ट्विटरमा लेखेका छन्, ‘यो सब तपाईको बुबाले गर्नु भएको हो । म त एक माध्यम मात्र हुँ । पछिल्लो समय उनी सामाजिक कार्यमा निकै सक्रिय छन् । उनले सुद फाउन्डेशन मार्फत सामाजिक कार्यलाई अगाडि बढाइरहेका छन् । सोनुले यस अघि पनि महामारी समय समस्यामा परेका हजारौं कामदार, विद्यार्थी र किसानहरूलाई सहयोग गरेका थिए ।