काठमाडौँ — आगामी आर्थिक बर्ष २०७९–८० को बजेट निर्माणको तयारी तीब्र बनाएको अर्थमन्त्रालयले निजी क्षेत्रलाई सिझउने प्रयास गरेको छ । तर, निजी क्षेत्रको योगदान विना अर्थतन्त्र सुधार नहुने बताउने मन्त्रलयले कुनै पनि वर्ष निजी क्षेत्रलाई खुसी बनाउन भने सकेको छैन् । चालु आर्थिक बर्षको बजेट लक्ष्य अनुसार खर्च गर्न नसकेको सरकारले आगामि आर्थिक बर्ष २०७९–८० को बजेट निर्माणको तयारी तिब्र बनाएको छ । स्थानिय निर्वाचनको चटारोमा पनि सरकारले बजेट प्रक्रियालाई निरन्तर अघि बढाई रहेको छ । देशका अर्थतन्त्रका सुचक निरन्तर ओरालो गतिमा गैरहेका बेला अर्थमन्त्रालय नीजि क्षेत्रलाई खुशि बनाउन प्रयत्नसील छ । प्रि–बजेट छलफलमा निजी क्षेत्रका ठुला उद्योगीसँग खुलेर बोलेका अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताए ।
मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान निजी क्षेत्रको भएको भन्दै उनले ठुला उद्योगीको ताली समेत खाए । आगामी बजेट कस्तो आउला भनेर उद्योगीले राखेको प्रश्नमा मन्त्री शर्माले अहिलेको विश्व अर्थतन्त्र र मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको समाधान उत्पादनमुखी अर्थतन्त्र भएकाले आफुले उत्पादकत्व बढाउने बजेट ल्याउने बताए । कृषिलाई प्रविधिसहित आधुनिकीकरणमा रुपान्तरण गरेर कृषिलाई उद्योगसँग जोड्नु आफुनु मुख्य काम भएको उनको भनाई छ । मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लाग्दै जादा सरकारसँग र राजनीतिक दलसँग निजी क्षेत्र पनि सन्तुष्ट छैनन् । जुन कुरा बुझेर हुन सक्छ निजी क्षेत्रलाई अर्थमन्त्रीले कसरी खुशि बनाउने भन्ने तिक्डम अपनाईरहेका छन । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहँदा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले २८ शीर्षकमा विभिन्न सुझाव पेस गरेको छ ।
महासंघले तरलता व्यवस्थापन, पुँजीगत खर्च विस्तार, स्टार्ट अप एन्ड इनोभेसनदेखि सुशासनसम्मका सुझाव सरकारलाई दिएको हो । तर, लगानीको बतावरण नभएको भन्दै निजी क्षेत्र सन्तुष्ट छैन् । सरकारको ध्यान आर्थिक समस्या समाधान गर्नेतर्फ भन्दा आफ्नै स्वार्थसिद्धि गर्नतर्फ देखिन्छ । जसका कारण जनता देखि निजी क्षेत्रसम्म सरकारसँग सन्तुष्ठ छैनन् । निजी क्षेत्रको योगदान विना अर्थतन्त्र सुधार नहुने बताउने सरकार व्यवहारमा भने त्यस्तो देखिदैन् । चालु अर्थिक बर्षको बजेट पुर्णरुपमा कार्यान्वयन गर्न नसकेको सरकारले अव कस्तो बजेट ल्याउछ त्यो हेर्न जेठ १५ गते नै कुर्नु पर्ने छ ।


प्रतिक्रिया