काठमाडौँ — नेपाल प्रहरीको नेतृत्वमा धिरज प्रताप सिंह नियुत भएका छन । तेस्रो वरियतामा रहेका सिंह आइतवार प्रहरी महानिरिक्षकमा नियुक्त भए । चुनावको मुखैमा मुलुकको आन्तरिक सुरक्षाको मेरुदण्ड नेपाल प्रहरीको नेतृत्व सम्हाल्न लागेका नवनियुतm प्रहरी महानिरीक्षक सिंह प्रहरी संगठनभित्र एक निडर र चतुर प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
नेपाल प्रहरीको २९ औं महानिरिक्षकमा धिरजप्रताप सिंह नियुक्त भएका छन् । हालका आइजिपी शैलेश थापा क्षेत्री अनिवार्य अवकाशसंगै सरकारले प्रहरी प्रमुखमा सिंहलाई नियत गरेको हो ।
२०७८ चैत १७ गते दरवन्दी थपेर सिंह र रविन्द्र धानुक एआइजीमा बढुवा भएका थिए । सरकारले एआईजीको दरबन्दी थपेर बढुवा गरेका र त्यअघिका दुई एआइजीमध्ये सिंहले प्रहरी प्रमुृखको जिम्मेवारी पाएका हुन् । १९ महिनादेखि महानिरक्षीकको दौडमा रहेका एआइजी विश्वराज पोखरेल र १० महिनादेखि यहि प्रतिस्पर्धामा रहेका सहकुल थापालाई उछिन्दै एआइजी भएको एक महिनामा नै सिंह प्रहरी प्रमुख भएका हुन् । उनले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता जनाएका छन ।
विसं २०२४ कात्तिक २० गते दैलेखको नारायण नगरपालिकामा जन्मएका सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । सिंह प्हरी संगठनभित्र अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका सिंह २०६२ जेठ २२ गते प्रहरी नायव उपरीक्षक, २०६९ माघ ११ गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते वरिष्ठ प्रहरी उपरीक्षक, २०७७ वैशाख ७ गते प्रहरी नायब महानिरीक्षक र २०७८ चैत ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक हुँदै आइतवार प्रहरीको नेतृत्वमा पुगेका हुन् ।
डिएसपी हुँदा उनले गोरखा, नुवाकोट र दोलखा जिल्ला कमाण्ड गरेका थिए । प्रहरी उपरीक्षक एसपी भएपछि पर्सा र दाङ जिल्लाको कमाण्ड गरे । लागुऔषध नियन्त्रण ब्यूरोमा दुई वर्ष काम गरेको अनुभव उनीसंग छ । एसएसपी हुँदा उनले संघीय प्रहरी इकाई कार्यालय बागमती र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए । डिआईजी हुँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो कमाण्ड गरेका थिए । सिआइबीमै कार्यरत रहँदा उनी एआइजीमा बढुवा भए । सोही कार्यालयबाट उनी महानिरिक्षक बनेर हेडक्वार्टर प्रवेश गरेका छन् ।
कम्प्रिहेन्सिभ क्राईसिस मेनेजमेन्ट, अपराध अनुसन्धान, क्रिमिनल इन्टेलिजेन्स एनालाइसिस कोर्ष, एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी, ट्रेनिङ कोर्स अन बोर्डर ल ईनफोर्समेन्ट फर नेपाल, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन । उनले त्यो अनुभवलाई आगामी निर्वाचनमा कुशलतापूर्वक उपयोग गर्नु पर्ने छ । सिंहले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् ।


प्रतिक्रिया