काठमाडौँ — बोको हराम विद्रोहीका विरुद्धमा यहाँस्थित बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् । यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकू मारिएको नाइजेरियाली सेनाले जानकारी दिएको छ । बोको हरामका विरुद्धमा यहाँको सेनाले पछिल्ला केही दिनयता कारबाही जारी राखेको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई तथा स्थल कारबाहीमा परेका हुन् ।
नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु नाइजेरियाको उत्तरी क्षेत्रमा अवस्थित बोर्नो राज्यमा भएको कारबाहीमा परेर मारिएका हुन् । पश्चिमी अफ्रिकी नेताहरुले केही महिना अघि नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ । एजेन्सी


प्रतिक्रिया