विदेश

पूर्व प्रधानमन्त्री इमरान खानसहित १५० जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ – पाकिस्तानको पञ्जाब प्रहरीले पुर्व प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

साउदी अरेवियामा प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुव्र्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा पुग्दा केही तीर्थयात्रीहरू ले चोर गद्दर भनेर चिच्याएका थिए ।