Breaking

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट फर्किन सकेन विमान


काठमाडौँ — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट नेपाल एयरलाइन्सको वाइडबडी फर्किन सकेको छैन । रनवे बाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि गएर रोकिएको छ । त्यहाँबाट मोड्दा डोमेस्टिक एप्रोनमा जान्छ तर त्यहाँ रोकिन ठाउँ पुग्दैन । रन वेबाट तानेर ल्याउने तयारी गरिएको विमानस्थल प्रशासन अधिकृत विनोद सिंह रावतले जानकारी दिएका छन् ।

प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकता पूर्वक पर्खिएर बसेका छन् ।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को ए—३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५:५५ बजे ल्याण्ड भएको हो ।