Breaking

तिमीहरूले युद्ध सुरु गर्‍यौ, अन्त्य म गर्छु: अल्मुताइरी


काठमाडौँ — राष्ट्रिय टिमको प्रशिक्षक अल्मुताइरीले खेलाडिलाई तिमीहरूले युद्ध सुरु गर्‍यौँ म अन्त्य गर्छु’ भनेर धम्क्याएको आरोप लगाएका छन् । प्रशिक्षण छाड्नुको कारण सार्वजनिक गर्न भन्दै गरेको पत्रकार सम्मेलनमा उनीहरुले गास र बासको सामान्य माग राख्दा प्रशिक्षकले आफू रहुन्जेल हामी कोहि पनि राष्ट्रिय टोलीमा नपर्ने चेतावनी दिएको बताए । उनीहरुले निकालेको विज्ञप्तिमा लेखिको छ ‘उहाँले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टोलीमा नपर्नेसमेत बताउनुभयो, उहाँले अन्त्यमा तिमीहरूले युद्ध सुरु गर्‍यौँ म अन्त्य गर्छु भन्नुभयो ।’ हामी खेलाडी अहिलेको समय एसियन कप छनोटको तयारीमा हुनुपर्ने हो । तर बिडम्बना हामी यहाँहर माझ आफ्नो कुरा राख्न सार्वजनिक रुपमा प्रस्तुत हुनुपरेको छ ।

राष्ट्रिय टोलीको प्रशिक्षण र हामी खेलाडीको नाम और विभिन्न संचारमाध्यममा आएको समाचार र त्यसमा समर्थकहरुको टिका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय टोलीमा भएको घटनालाई अन्तरिक रुपमा नै सुल्झाउने हाम्रो सोच थियो त्यसैले पनि हामीले घटनाबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई जानकारी गराएका थियो । तर समस्या सुझाउनुको सट्टा जिम्मेवार व्यक्तिबाट नै सार्वजनिक मिडियामा हामीविरुदध गैरजिम्मेवार प्रतिक्रिया र अनर्गल आरोप लागेको कारण हामी आफ्नो भनाइ राख यहाँ उपस्थित भएका । हामी आफूले जान्नै बुझ्ने उमेर अघिदेखि नै नेपाली फुटबलमा आफ्नो जीवन समर्पित गर्दै आएका छौं । यसक्रममा देश विदेशमा पुगेर विभिन्न प्रशिक्षकको नेतृत्वमा खेलेको अनुभव हामीसँग छ ।

यसक्रममा टोलीमा रहेका आन्तरिक समस्या कहिल्यै बाहिर आएको छैन । तर पछिल्लो घटनाक्रमले भने हामी खेलाडीको योगदान र जीवनभरको मिहिनेतमा नै समर्थकबाट प्रश्न उठ्दा दुख लागेको छ । हामीलाई भएको अन्यायमाथि अझ आम समर्थकबाट आएको नकारात्मक प्रतिक्रियाले हाम्रो खेल जीवन के सार्थकतामा प्रश्न उठेको छ । हामीले क्लब फुटबललाई बिर्सेर हरेक पटक राष्ट्रिय टोलीका लागि खेल्दै आएका छौं । अन्तर्राष्ट्रिय नियम अनुसार हरेक खेलको दिन अघि राष्ट्रिय टोलीमा सामेल हुनु पाउने भएपनि हामीले क्लब जिम्मेवारी थाँती राख्दै एन्फाले माग गरे अनुसार नै राष्ट्रिय टोलीमा प्रशिक्षण गर्दै आएका छौं । वर्षको ८ महिना राष्ट्रिय टोलीमा नै प्रशिक्षण गरेको उदाहरण पनि यहाँहरुमा अवगत गराउन चाहन्छौं ।

हामी खेलाडीका लागि क्लब फुटबल नै आयआर्जनको मुख्य आधार हो । राष्ट्रिय टोलीमा खेल्नु हाम्रो लागि गौरवको विषय हो र देशको प्रतिष्ठासँग जोडिएको विषय हो । हामीले राख्दै आएका छौं । त्यसपछि प्रशिक्षक अलमुताइरीले आक्रोशित हुँदै एक साता प्रशिक्षण नहुने र अर्को २३ जना बोलाउने भन्दै चेन्ज रूम छाड्नुभयो हामी होटेल पुग्दा प्रशिक्षकले चेन्ज रुममा बोल्ने ५ जना वाहेकका खेलाडीलाई व्यक्तिगत रुपमा बोलाउँदै, रोहितको टिममा खेल्ने कि अब्दुल्लाहको टिममा भन्दै प्रश्न गर्नुभयो । त्यसपछि चेन्ज रुममा बोलेका ५ जना खेलाडीलाई घर जान भन्दै अन्य खेलाडीलाई एक ठाउँमा राखेर टिम मिटिङ बोलाइयो चेन्ज रुममा बोलेका ५ जना बाहिर रहँदा अन्य ५ जनाले यो ठिक होइन भन्दै मिटिङमा जान असमर्थता जनायो अन्य खेलाडी भने मिटिङ रुममा पसिसकेका थिए । बाहिर रहेका १० मध्य खेलाडीलाई विभागको दबाबसा मिटिङ हलमा पस्न बाध्य गराइयो ।

बाहिर रहेका अन्य खेलाडीलाई प्रशिक्षकसँग कुरा गर्न र माफी माग्न लगाउन गोलरक्षक प्रशिक्षक विकास मल्ल आउनुभयो । हामीले गल्ति नगरेकाले माफी माग्नु आवश्यक नरहेको र छलफलका लागि भने तयार रहेको बतायौँ । मिटिङ सकिएपछि बाँकी रहेका ९ जना हामी प्रशिक्षकसँग छलफलका लागि गयाँ भित्र गएपछि वहाँले एकपक्षीय रुपमा आफ्नो धारणा प्रस्तुत गर्दै हामीलाई क्याम्प छोड्न निर्देशन दिनुभयो । वहाँले त्यसपछि आफू पनि नजानेर हामीलाई पनि मिडियामा नजान निर्देशन दिनुभयो हामीले प्रशिक्षक अलमुताइरीको निर्देशन अनुसार अनुमति लिएर बहिरियो । त्यसपछि गोलरक्षक प्रशिक्षकले त्यसले अतर मात्र हुँदैन, हामी पनि छौं । त्यो विदेशी हो, त्यो कोहीपनि होइन’ भन्दै हामीलाई सहानुभूति दिनुभयो त्यसपछि हामीले प्रशिक्षकको निर्देशन मान्ने र क्याम्प छाइने भयौँ टोलीका व्यवस्थापक मधुसुदुन उपाध्याय रंगशालाबाट घर गएको र समस्या हुँदा हुँदै पनि क्याम्पमा नआएकाले हामी यसै निस्कियौँ । खेलाडिहरुको भनाई छ ।