देश

प्रशिक्षकसँग असन्तुष्ट खेलाडीले पत्रकार सम्मेलन गर्दै


काठमाडौँ — नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग असन्तुष्ट खेलाडीले पत्रकार सम्मेलन गर्ने भएका छन् । उनीहरुले अल्मुताइरीसँगको विवादको विषयमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

त्यस्तै अल्मुताइरीसँग असन्तुष्ट खेलाडीलाई अन्य खेलाडीले समेत समर्थन गरेका छन् । अधिकांश खेलाडीले सामाजिक सञ्जालमार्फत जायज कुरा उठाउँदा पनि प्रशिक्षकले नराम्रो ब्यबहार देखाएको प्रतिक्रिया दिँदै उनीहरुलाई समर्थन गरेका हुन् ।