समाचार

भीरबाट मोटरसाइकल खस्दा एक युवकको मृत्यु


काठमाडौँ — म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दरवाङबाट बाबियाचौरतर्फ जाँदै गरेको ग ९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए ।

दुर्घटनामा किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ । बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनमा परेको हो ।

उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।