Breaking

नेता कार्यकर्ता चुनावी माहोल,सर्वसाधरणमा देखिएन उत्साह, के साच्चिकै जनताहरु मासुभातमा नै बिकेकै हुन् ?


काठमाडौँ — सधै जसो चुनावको समय नजिकिँदै जादाँ एक छाक मासुभातमा जनतामा बिक्ने गरेको आरोप लाग्ने गर्दछ । सहि उम्मेद्वार चयन गर्न नसक्दा देश पछि परेको एकथरीको बुझाइ छ । के साच्चिकै जनताहरु एक छाक मासुभातमा बिक्ने गरेका छन् त ? ब्रह्माण्डमा सृष्टि भएका हरेक प्राणीमध्ये मानव जातिलाई सर्वश्रेष्ठ मानिन्छ । साँच्चै नै हामीले देखेको र अनुभव गरेको आधारमा पनि यसलाई नकार्न सकिदैन । संसारमा प्रकृतिले दिएको वरदानमध्ये मानव सृष्टिको अनुपम उपहार नै हो । किनकि मानव जाति मात्र यस्तो प्राणि हो, जसको बिवेकले संसारलाई डोर्याएको छ । यी सबलाई हेर्दा सृष्टिकर्ताले मानवको तुलनामा अन्य प्राणीलाई अन्याय नै गरेको छ ।

तर, यति सब हुँदा हुँदै पनि मानव जाति सन्तुष्टि भने छैन । अनुशन्धान गर्ने हो भने मानव नै सबैभन्दा दुखी प्राणी हुन्छ होला, सायद । लोभ लालच, रिश, मोह व्याप्त नै छ मानवमा । यस्तोमा मानिसले आफ्नो विबेकको सही उपयोग नगरेको हो कि भन्ने जनगुनासो पनि बेला बेला उठी नै रहन्छ । खास गरि निर्वाचनको बेला । देशमा चुनावी माहोलको सर्गमी बढेको छ । एकातर्फ हरेक पार्टीका कार्यकताहरु आ–आफ्ना पार्टीको चुनावी प्रचारप्रसारमा व्यस्त छन् भने अर्का तर्फ कतिपय मानिसलाई चुनावको कुनै मतलब नै छैन ।

उनी हुन् नक्सालमा तरकारी व्यवसाय गर्दै आएकी इन्दु खड्की । उनलाई न चुनावको चिन्ता छ, न उम्मेदवारको नै । उनलाई काठमाडौँ महानगरमा जो सुकै मेयर वा उपमेयर भए पनि खासै फरक पर्दैन । उनलाई चिन्ता छ त केवल आफ्नो तरकारी व्यवसायको । उनी आफ्नो तरकारी व्यवसायी नचलेकोमा नै निक्कै चिन्तित देखिन्छन् । अनि उनी चै नक्सालमा नै फलफुल व्यवसायी गदै आएका लालबाबु साह । उनको पनि बुझाई इन्दुको भन्दा फरक छैन । उनलाई जो सत्तामा आए पनि आफ्नो व्यापार व्यवसाय गरेर खान दिए पुग्छ । सरकारले कर मात्र बढाउनु भन्दा जनतालाई राहत दिनु पर्छ भन्ने चाही उनलाई लाग्छ ।

देशमा अर्को पनि जमात छ, विद्यार्थीहरुको । नेपाल ल क्याम्पसमा स्नातक गर्दै गरेका कानुनका विद्यार्थीहरु देश आज जुन अवस्थमा छ त्यसको जिम्मा नेताहरुलाई मात्रै दिन नहुनेमा जोड दिन्छन् । त्यसको जिम्मा जति नेताको छ त्यति नै आम जनताको पनि रहेको बुझाई उनीहरुको छ । निर्वाचनमा जनताले आफ्नो विवेकको प्रयोग नगरेकै कारण युवा विद्यार्थीहरु विदेशिनु परेको छ । सधै जसो चुनावको समय नजिकिँदै जादाँ जनतामा लाग्ने आरोप भनेको एक छाक मासुभातमा बिक्छन् भन्ने गरिन्छ । यसबारे विद्यार्थीहरुको बुझाइ भने यस्तो छ ।

स्वतन्त्र नागरिकभन्दा कार्यकता र समर्थक बढी भएको देश हो नेपाल । त्यसैले यहाँ आफ्नो बुद्धि र विबेकभन्दा पार्टीका नेताहरुको बोली र व्यवहारलाई प्राथमिकतामा राखेको देखिन्छ । आगामी बैशाख ३० मा हुने स्थानीय निर्वाचन नजिकिँदै गर्दा त्यसभन्दा माथि उठी आफ्नो चेतनाको प्रयोग गर्दै सृष्टिको अनुपम उपहार मानव जाति भएको पुष्टि गर्ने अर्काे एउटा अवसर प्राप्त भएको छ । यसलाई सही उपयोग गर्नुपर्ने आजको आवश्यक छ ।