देश

भूकम्पको उच्च जोखिममा नेपालको पश्चिमी क्षेत्र


काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत डा.सुशील ज्ञवालीले नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको क्षेत्रमा रहेका निजी आवास तथा सम्पदाहरुलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

सुदूरपश्चिम र मध्यमपश्चिमको क्षेत्र विगत ५ सय वर्षदेखि भूकम्प नगएको र त्यहाँ भूकम्पको इनर्जि जम्मा भएर बसीरहेकोले बेलैमा शतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताउनु भयो ।

पूर्व कार्यकारी निर्देशक ज्ञवालीले मध्यपश्चिम र सुदूरपश्चिमका क्षेत्रहरु बाढी, पहिरो लगायतको बहुप्रकोपीय जोखिममा रहेकोले त्यसबाट पनि बच्ने गरेर सरकारले कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।