काठमाडौँ — इन्फो टेकप्रति सेलिब्रेटीहरुको चासो देखिएको छ । शुभचिन्तक, र आगन्तुकसँग भेटघाट, अन्तरक्रिया र स्टक अवलोकन क्यान इन्फो टेक—२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरेका छन् । भायनेटका ब्रान्ड एम्बेसेडर समेत रहेका चर्चित कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का, महिला गेमर इन्दु मल्ल “गेमिङ”, सागर लम्साल ‘बले’ र र्यापर मिस्टर आरजे लगायतका चर्चित कलाकारहरु स्टलमा आइसकेका छन् ।

भायानेटको स्टलमा आएका आगन्तुकहरूले कलाकारहरुसँग अन्तरक्रिया, फोटो सेसन लगायत अन्य विभिन्न गतिविधिहरूका साथै कम्पनीका तर्फबाट आकर्षक अफरहरूको मज्जा लिन पाएका थिए । शुक्रवार निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टलमा आएर कार्यक्रम स्थलमा उपस्थित फ्यान तथा आगन्तुकहरुसँग अन्तरक्रिया गरेका थिए भने शनिवार इन्दु मल्ल गेमिङले चुनिएका आगन्तुकहरूसँग पब्जी खेलका केही राउन्ड खेलेकी थिइन । आइतवार मात्र रिलिज भएको गीत “के सारो” का कलाकार सागर लम्साल ‘बले’ र मिस्टर आरजेले स्टल भ्रमण गरेका छन ।

अप्रिल २२ मा युट्युब मार्फत रिलिज भएर श्रोताको मन जितिरहेको उक्त गीतमा भायनेटले प्रायोजन गरेको छ । गीतमा देखिएका कलाकारहरुले दर्शकहरुसँग विभिन्न विषयमा अन्तरक्रिया गर्दै आफ्नो छोटो प्रस्तुति पनि दिएका थिए । भायनेटले सोमबार प्रसिद्ध गेमिङ समूह डीआरएसलाई आमन्त्रित गर्दैछ । उनीहरूले उपस्थित भ्रमणकर्तासँग गेम खेल्नका साथै आफ्नो गेमिङ यात्राको अनुभवहरू साट्ने छन् । क्यान इन्फो टेक मा रहेको भायानेटको डि ४० स्टलमा चर्चित कलाकार, गेमर र सेलिब्रेटीहरूका अलावा प्रत्येक आगन्तुकका लागि अन्य रोमाञ्चक अफरहरू रहेका छन् ।

भायानेट स्टलमा आउने जो कोहीले पनि भायनेट गेमिङ जोन मार्फत गेम खेल्न सक्नेछन् । क्यान इन्फोटेकमा उत्कृष्ट डिलहरू खोज्न आउने व्यक्तिहरूकालागि भने भायानेटले ३ ओटा भायाटिभी र एम आई डुवल ब्यान्ड राउटरकोसाथमा बन्डल गरिएको भरपर्दो अल्ट्रा फाई लाइनअपमा १७ प्रतिसत छुट दिँदैछ । उक्त अफरको फाइदा उठाउन भने भायानेटको स्टलबाटै अल्ट्रा फाई सब्स्क्राईब गर्नु पर्नेछ । यसबाहेक, क्यान इन्फोटेक, भृकुटीमण्डपमा रहेको भायनेट स्टलमा आगन्तुकहरूले नेपाली बजारमा चाँडै लन्च हुने अन्य उपकरणहरू प्रि अर्डर गर्ने अवसर पाउनेछन् र एक जना भाग्यशाली विजेताले ५५ इन्चको एम आई स्मार्ट टिभी प्रप्त गर्न सकिन्ने छ ।


प्रतिक्रिया