Breaking

काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु, वर्खामा के होला ?


काठमाडौँ — काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरिएको छ । मेलम्चीको पानी पुनः आएसँगै काठमाडौंबासी उत्साहित भएका छन् । दशकौंदेखि पानीको हाहाकार झेलिरहेका काठमाडौं उपत्यकाकाबासीका लागि पुनः मेलम्चीको पानी वितरण थालीएको छ । आइतवार काठमाडौंमा खानेपानी मन्त्री उमाकान्त चौधरीले एक कार्यक्रमका बीच मेलम्ची खानेपानीको पुनः वितरण सुरु गरेका हुन् । मेलम्ची खानेपानी २०७७ साल चैत्र दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएको भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेपछि खानेपानी वितरण बन्द भएको थियो ।

मेलम्ची खानेपानीको पुनः वितरण सुरु भएसँगै अब प्रतिदिन १७ करोड लिटर खानेपानी उपत्यकामा वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । यससँगै मेलम्ची खानेपानी आयोजनाको दिर्घकालिन सञ्चालनको लागि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन समेत गरिने भएको छ । मेचम्ची खानेपानीको उद्घाटन गर्दै मन्त्री चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी ओलीलाई मेलम्चीको पानी पिउन आग्रह गरे । केही समय अघि ओलीले वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

ओलीको अभिव्यत्तिलाई लक्षित गर्दै उनले मेलम्चीको शुद्ध पानी शुद्ध छ कि अशुद्ध छ अनुभव लिनका लागि पिउन आग्रह समेत गरेका थिए । जे भएपनि पुनः आएको मेचम्चीको पानीले काठमाडौंबासीलाई खुशी तुल्याएको छ । यद्दपी यस योजनाले नागरिकलाई दिर्घकालिन खुशी भने दिन सक्ने हो की होइन भन्नेमा चाहि आशंका कायमै छ । किनकी गत वर्षको वर्खामा यसको मुहानमा क्षति पुगेको थियो । त्यसैले यसको दीर्घकालिन सुरक्षाका विषयमा सरकारको ध्यान जान आवश्यक देखिन्छ ।