Breaking

आक्रमण भएको होइन ताली पड्काउने क्रममा मोबाइल खसेर लागेको हो: शाही


काठमाडौँ — गृह जिल्ला जुम्लामा पुगेका ज्ञानेन्द्र शाहीमाथी अक्रमणको प्रयास भएको छ । चुनावको मुखमा जिल्ला केन्द्रित रहेका शाही माथी मोबाई प्रहार भएको छ । गृह जिल्ला जुम्लामा पुगेका उनीमाथि ‘आक्रमण भएको एउटा भिडियो क्लिप भाइरल बनेको छ । बुधबार जुम्लामा पार्टीको कार्यक्रममा सहभागी भएका शाहीमाथि भाषण गरिरहेको बेला मोबाइल प्रहार भएको उक्त भिडियोमा भनिएको हो । १ मिनेट १८ सेकेण्ड लामो भिडियोमा उनले काँग्रेस माओवादी र एमालेको आलोचना गर्दै भ्रष्टहरूलाई ठेगान लगाउने भन्दै चर्को भाषण गरेको सुनिन्छ ।

यति बोलिसकेपछि भीडबाट उनलाई मोबाईल प्रहार भएको देखिन्छ । त्यसपछि एकाएक औँला ठड्याउँदै शाहीले ‘ए समात् त्यसलाई’ भन्छन् भने उनी निकटका कार्यकर्ता दौडेर भीडतर्फ पुग्छन् । त्यसपछि तनावको माहौल भिडियोमा देखिन्छ । भिडियोबारे सोधिखोजी गर्दा शाहीले विरोधीहरूले भ्रम फैलाएको प्रतिक्रिया दिए । कार्यक्रममा हेरिरहेका सर्वसाधारणले छतमाथिबाट ताली पड्काउने क्रममा मोबाइल खसेर एक्कासि आफूलाई लाग्न पुगेको उनको दाबी छ । ‘ताली पड्काउँदा छतमाथिबाट मोबाइल मात्रै खसेको हो’, उनले भने, ‘कसैले हानेको होइन । बिचरा ताली पड्काउँदा खसेको छ, ममाथि किन आक्रमण हुनु

उनले अगाडि थपे, ‘हाम्रो स्टेज तल थियो । घरका मान्छेहरू माथिबाट बार्दलीबाट हेरिरहेका थिए । मोबाइल खसेर लागिसकेपछि वरिपरिका मासले के सोच्यो भने मलाई मोबाइलले हिर्कायो । मैले मोबाइल खसेको हो, हिर्काएको होइन भनेर त्यतिबेला भीडलाई नै भनेको थिएँ । त्यसको भिडियो पनि हामीसँग छ ।’ मोबाइल ‘खसेर’ शाहीलाई लागेका भनिएका पुरुषलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर छाडेको बताइएको छ । यसैबीच शाहीले आफूले सर्वसाधारण भनेर आरोपीलाई छाड्न लगाएको बताए । आरोपी भनिएका व्यक्ति चन्दननाथ नगरपालिकाका सरकारी कर्मचारी भएको उनको भनाइ छ ।