काठमाडौँ — नेपालमा निर्माण सम्पन्न भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान गर्ने भएको छ । २ जेठ सोमबार का दिन यो विमानस्थल उद्घाटन गर्ने योजना सरकारको छ । सोही दिनबाट कुवेती कम्पनी जजिराले नियमित उडान थाल्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार जजिराले पहिलो चरणमा साताको तीन दिन उडान गर्ने गरी अनुमति लिएको छ । जजिरा एयरवेजको जहाज कुवेतबाट सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने छ ।
विदेशी कम्पनीले उडान सुरु गर्ने निश्चित भएपनि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स नेवानि ले भने अझै पनि यो विमानस्थलबाट उडान थाल्ने विषयमा अन्यौलमै छ । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजाबाहक जहाज उडाउने विषय अहिले पनि अध्ययनकै चरणमा छ । कुनै पनि गन्तव्य तय भइसकेको छैन । ‘जहाज त उडाउने हो, तर अहिले हामी कुन गन्तव्यमा उपयुक्त होला भनेर अध्ययन गरिरहेका छौं ।


प्रतिक्रिया