देश

अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा नाम राखिन् (सूर्य कुमारी)


काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जाल फेसफुकमा आफ्नो नाम आधिकारिक रूपमैुसूर्य कुमारीु राखेकी छन् । केही समयअघि मात्र एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन् ।

पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकाल्दै उनले भनेकी थिइन् मेरो न्वारानको नाम पनि सूर्य कुमारी हो । यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो । अहिले आएर उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी छन् ।