काठमाडौँ — विस्तारै तल्लो तहसम्मै केन्द्रबाट पेल्ने सत्ता गठबन्धनको रणनितिमा प्रतिउत्पादक देखिएको छ । महानगरमात्रै केन्द्रबाट टुङ्गो लगाउने सत्ताघटकको तयारी उपमहानगरमा हुँदै नगरपालिकासम्मै पुग्न लागेको छ । फलत केही पालिकाको नतिजाले नै गठबन्धनको भविष्य निर्धारण गर्ने वातावरण बन्दै गएको छ । स्थानीय तह निर्वाचनका लागि उमेद्धारी मनोनयको दिन नजिकिँदा सत्ताघटक दलहरु पद वाँडफाडको निर्णायक अवस्थामा छन् । मध्यरातसम्म बसेको वैठकले महानगरको वाँडफाडको टुङ्गो लगाएको छ भने उपमहानगर रस्साकस्सी जारी छ । एकातर्फ कसैगरे निकास दिनुपर्ने अवस्था र अर्को तर्फ फरक मतलाई पनि समेट्नुपर्ने दोहोरो चेपुवामा दलहरु छन ।
केन्द्रबाट तालमेलले पूर्णता पाएपनि त्यसको कार्यान्वयनको आधार भने तल्लो तहकै नेता कार्यकर्ताको हातमा छ । फलत दुई भागमा चिरिएको पार्टीलाई समेत एक पार्नुपर्ने बाध्यता कांग्रेसमा छ । तर तल्लो तहमै यसको अधिकार दिए विवाद निरुपण नहुने देखिएपछि सत्ताघटक दलहरु उपमहानगर हुँदै नगरपालिकासम्म केन्द्रबाटै टुङगाउने तयारीमा छन । तर यसको नतिजा प्रतिउत्पादक हुने देखिएको छ । आफ्नो पार्टीको संगठन मजबुत हुँदाहुँदै पनि मेयर अर्कै पार्टीलाई दिएको विरोधमा कार्यकर्ताले जिल्ला कार्यसमिति कार्यालयमा तालाबन्दी गरेका छन् । पोखराको मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसले पाउने गरी निर्णय भइसकेको छ । तर उम्मेद्वार को हुने भन्ने दलहरूले टुंग्याएका छैनन् ।
केन्द्रीय नेतृत्वको उक्त निर्णयको स्थानीयस्तरमा विरोध र आलोचना भइरहेको छ । जिल्ला सभापति किशोरदत्त बरालले अन्तिम अवस्थासम्म पनि मेयरको दाबी नछोड्ने बताउँदै आएका छन । त्यस्तै अर्को विवादको केन्द्र चितवनको भरतपुरमा पनि कांग्रेस सभापती शेरबहादुर देउवाकै कारण माओवादीले पाएपनि विरोध थाम्न नसक्ने जिल्ला सभापतीले बताएका छन । हेटौडाको अवस्था पनि उस्तै छ । यहि परिस्थीतीकै कारण गठबन्धन फुटाउने षडयन्त्र भईरहेको बताउने कांग्रेसका शिर्ष नेताहरुले केन्द्रबाटै हस्तक्षेप बढाएका हुन । यता देउवालाई पेलेरै अघि बढेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि चुनौती बारे अवगत नै छन । आफ्नो भागमा परेको महानगरमा जित्न कांग्रेसलाई जति सहज नभएको बुझेका उनीहरु यसअघि देखिएको तालमेल विरोधी आवाज निस्तेज पार्न देउवालाई बाध्य पारिहेका छन । जसका स्वयम देउवाले नै जिल्ला सभापतीहरुलाई भेटेका छन ।
तर यसैपनि प्रत्येक निर्वाचनमा अन्तर्घात व्यहोर्ने कांग्रेसले आफ्ना कार्यकर्तालाई कम्युनिष्टमा मतदान गर्ने बाध्य पार्ने अवस्था देखिएको छैन । त्यस्तै गत निर्वाचनमा अधिंकाशमा स्थानमा दोश्रो स्थानमा रहेका कारण कम्युनिष्टको थोरै भोट मात्रै पनि प्रर्याप्त हुने कांग्रेसको जस्तो सुविधा समेत उनीहरुमा छैन । यहि कारण कांग्रेसको ईमान्दार सहयोगको अपेक्षा गरेका प्रचण्ड–माधव तालमेल विरुद्ध जानेलाई अफ्ठयारो पर्ने स्थिती नै सिर्जना गर्र्न दवाव दिईरहेका छन । उनीहरुका लागि गठबन्धनप्रति कांग्रेस नेता कार्यकर्ताको ईमान्दारिता जाच्ने कडि समेत पोखरा र भरतपुर महानगरपालिका नै बनिरहेका छन । फलत यी महानगरको चुनावी नतिजाले आगामी गठबन्धनको भविष्य निर्धारण गर्ने देखिएको छ ।
गठबन्धनको सकस बाँडफाडले मात्र टुङ्गिने अवस्था छैन । आफ्नो भागमा परेको पालिकामा उमेद्धार छान्न समेत दलहरुलाई सकस देखिन थालिसकेको छ । यो अन्तुष्टिको प्रभावबाट निर्वाचनमा पनि पर्ने देखिन्छ । अर्कातर्फ गठबन्धनमा सहभागी भएकै कारण भाग पाएका र अघिल्लो निर्वाचनमा तेश्रो चौथो स्थानमा रहेका दलले अपुग ठुलो मत अन्तुष्ट कांग्रेसीबाट कसरी तान्छन त्यो पनि सोचनिय विषय बनेको छ । अझ टेष्ट नै नभएको एकीकृत समाजवादीको हकमा भने यो अझ चुनौतीपूर्ण देखिएको हो ।


प्रतिक्रिया