विदेश

मास्क नलगाउनेलाई ५०० रुपैयाँ जरिवाना


काठमाडौँ — दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ । दिल्ली आपत व्यवस्थापन प्राधिकरणले बुधबारको बैठकमा यो निर्णय गरेको हो । बैठकले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको प्रारम्भिक संकेतपछि यो निर्णय गरिएको हो ।

विश्वसँगै भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य विभागका अनुसार मंगलबार दिल्लीमा ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तर बृद्धिदर भने घटेको छ ।