देश

सुनको मुल्य घट्यो


काठमाडौँ — सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो ।

हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।