देश

पल प्रकरणमा नाबालिगका बुवाले पनि वयान फेरे


काठमाडौँ — पीडित नाबालिगपछि उनका बुबाले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा आफूले सुनेको भरमा जाहेरी दिएको भन्दै उनले बयान फेरेका हुन् । २ दिन अगाडि पीडित नाबालिगले आफूलाई पलले बलात्कार नगरेको बताएकी थिइन् । यत पीडितका बुबाले पनि आफूले सुनेको भरमा जाहेरी दिएको तर नदेखेको वयान अदालतमा दिएका छन् ।

पीडितका बुबा अगाडि गायक दुर्गेश थापालाई पनि बकपत्र गराइएको थियो । पीडित नाबालिगका बुबाले जिल्ला प्रहरी कार्यलय तनहुँमा जाहेरी दिने क्रममा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै छोरीलाई जबरजस्ती करणी गरेको उल्लेख गरेका थिए । पिडित र उनका बुवाले बयान फेरेपछि पल शाह विरुद्धको जर्बजस्ती करणीको मुद्धा कमजोर बनेको छ । नाबालिगले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा उजुरी दिएपछि नायक पल शाहले फागुण १५ गते प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए ।