काठमाडौँ — माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग भविसोर पराजुली नेतृत्वको नेकपा गौरवशाली पार्टी एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो । पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, महासचिव डा बेदुराम भुसालसहित शीर्ष नेता सहभागी थिए भने गौरवशाली पार्टीका अध्यक्ष भविसोर पराजुली लगायतका नेताहरु सहभागी थिए ।
कार्यक्रममा अध्यक्ष पराजुलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सच्चा कम्युनिस्ट पार्टीबीच एकता हुन आवस्यक रहेकाले आफ्नो नेतृत्वको पार्टी समाजवादीमा एकीकरण गरेको बताए ।


प्रतिक्रिया