देश

कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित सांसदहरूको पारिश्रमिक बढ्यो


काठमाडौँ — कर्णाली प्रदेशको मुख्यमन्त्री, मन्त्री र सांसदहरूको सेवा सुविधा बढाएको छ । कर्णाली प्रदेश सरकारले सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी र सांसदहरूको सेवा सुविधामा ५० महिनापछि हेरफेर गरेको हो । व्यय भार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेपछि आलोचना भइरहेको छ । सरकारले हेरफेर गरेको अनुसूचीअनुसार मुख्यमन्त्रीको तलब सुविधा ७० हजार सात सय ३० रुपैयाँ पुगेको छ ।

यसअघि मुख्यमन्त्रीको पारिश्रमिक मासिक ६० हजार नौ सय ७० रुपैयाँ थियो । यस्तै मन्त्रीहरूले ५२ हजार पाइरहेकामा अब ६० हजार तीन सय २० रुपैयाँ पाउने भएका छन् । राज्यमन्त्री, सहायक मन्त्री, सभामुख, विपक्षी दलका नेता, प्रदेश सांसद सबैको पारिश्रमिक बढेको छ । देशमा आर्थिक संकट भएको अबस्थामा मुस्य मन्त्री र क.सांसदको तलब बढाएको हो ।