समाचार

एलन मस्कको प्रस्ताव ट्वीटरको सबै शेयर किन्ने


काठमाडौँ — विश्वकै धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको सबै स्वामित्व किन्ने प्रस्ताव गरेका छन् । उनले ४१ अर्ब ४० करोड अमेरिकी डलरमा ट्वीटरलाई निजी कम्पनी बनाउने प्रस्ताव गरेका हुन् । उनले कम्पनीका अध्यक्ष ब्रेट टेलरलाई पत्र लेखेर सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी निजी बनाउनु पर्ने भन्दै बाँकी शेयर किन्ने प्रस्ताव गरेका हुन् । यसअघि नै ट्वीटरको ३ अर्ब अमेरिकी डलर बराबरको शेयर किनेका उनलाई कम्पनीले बोर्डमा बस्न प्रस्ताव गरेको थियो ।

ट्वीटरमा उनको स्वामित्व १० प्रतिशत छ । बाँकी ९० प्रतिश शेयरका लागि उनले ४१ अर्ब ४० करोड डलर प्रस्ताव गरेका हुन् । उनले प्रतिकित्ता ५४।२ डलर दिने प्रस्ताव गरेका छन् । जुन स्टक मार्केटमा अन्तिम कारोबार भएको मुल्यभन्दा ३८ प्रतिशत धेरै हो । विद्युतीय गाडी उत्पादक कम्पनी टेस्लाका साथै मस्क एरोस्पेश र स्पेसएक्सका मालिक हुन् । एजेन्सी