काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गरेको सिफारिसमा नेपाल रत्न मानपदवी पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व। सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिएको छ । यस्तै महाउज्ज्वल राष्ट्रदीप राजनीतिज्ञहरू स्व। तुलसीलाल अमात्य, स्व। मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व। दुर्गानन्द झा र स्वरसम्राट स्व। नारायणगोपाल गुरुवाचार्यलाई प्रदान गरिएको छ । यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व। मार्शलजुलुम शाक्य र उज्ज्वल कीर्तिमय राष्ट्रदीप सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । विभूषण प्राप्त गर्नेहरूको सूची झन्डै पाँच सयको सङ्ख्यामा छ ।
\उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाणलगायतका मन्त्री र उच्चपदस्थ अधिकारी कलाकार अनमोल केसी केकी अधिकारी प्रकाश सपुत लगायत को उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गरिएको हो ।


प्रतिक्रिया