बलिउड कलाकार सोहेल खानले काठमाडौंमा आगामी जेठ दोस्रो साता हुने ‘दबङ रिलोडेड टुर’ को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने दबङ रिलोडेड टुर’का लागि सलमान खानको बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले बिहिबार पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । उनले आफूलाई नेपाल एकदमै राम्रो र सुन्दर लाग्ने बताए। आफू सानु छँदा काठमाडौं आएको स्मरण गर्दै खानले यसपटकको काठमाडौं भ्रमणमा सगरमाथा हेरेर मात्र फर्कने बताए । नेपाल एकदमै राम्रो र सुन्दर छ । म १०–१२ वर्षको हुँदा स्कुल जीवनमा पहिलो पटक काठमाडौं आएका थिएँ, त्यतिबेला एभरेष्ट सगरमाथा देख्न पाइनँ उनले भने, अहिले ४० वर्षपछि फर्केर आएको छु ।
यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु । उनले ‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने भन्दै शो हेर्नको लागि सबैलाई आग्रहसमेत गरेका छन् । दबङ रिलोडेड टुर’ मा सलमानसँगै कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेजलगायतका कलाकार सहभागी हुनेछन् । कार्यक्रममा नेपाली कलाकारकोसमेत प्रस्तुती रहनेछ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरू हुनेछ । साढे तीन घण्टासम् बलिउड कलाकारले प्रस्तुती दिनेछन् । टिकटको मुल्य न्यूनतम् ५ हजार देखि २५ हजार रूपैयाँसम्म राखिएको आयोजकले जानकार दिएको छ ।


प्रतिक्रिया