देश

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान


काठमाडौँ — पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहीवार राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री खनाललाई पदक प्रदान गर्नुभएको हो । गएको ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण आज प्रदान गरिएको हो ।

संविधान दिवसका अवसरमा सरकारले नौ सय तीन जनालाई मान पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।