Breaking

विस्केट जात्राको आकर्षणको केन्द्र ५५ हातको लिंगो ठड्याइयो


काठमाडौँ — भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइन्छ । बिस्केट जात्रा आइतबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको छ । जात्राको आज आज चौथो दिन लिंगो उभ्याएर मनाइएको छ । संस्कृतिले भरिपूर्ण जिल्ला भक्तपुरमा आइतबारबाट सुरु भएको प्रसिद्ध बिस्केट जात्राको क्रममा बुधबार ५५ हातको लिंगोलाई तानेर उभ्याइएको छ । प्रत्येक वर्ष चैतको अन्तिम दिन साँझ उभ्याउने लिंगोलाई भोलीपल्ट अर्थात् वैशाख १ गते ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त योसिँद्योः को टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यसरी उभ्याइएको लिंगोलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ ।

पाँच तले मन्दिरस्थित प्रांगणमा रहेको भैरवनाथको मुर्तिलाई काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले रथमा राखेर भीमसेन मन्दिर भएको स्थानमा लगेपछि लिंगो उभ्याइने चलन रहेको छ । रथको अगाडि भागमा पाँच र पछाडि चारवटा राखिएको लामो डोरीलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन् । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा लिङ्गो उभ्याइन्छ । भने साँभपख उभ्र्याने लिंगोलाई हात भएको लिंगो भनिने गरिन्छ । यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उनी बताउँछन् ।लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्धि, सहकाल आउनाका साथै शत्रु नास हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।