काठमाडौँ — नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ । सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन् ।
समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको बताए । ‘काठमाडौंमा हाम्रो शक्ति राम्रो छ, महानगर पाए पनि हामी जित्छौं’ उनले भने, ‘हाम्रो दाबी काठमाडौंमा महानगरको मेयरमै हो । काठमाडौं नभए पोखरा दिनुपर्ने एकीकृत समाजवादीको दाबी छ ।


प्रतिक्रिया