देश

चलचित्र निर्देशक नवल नेपालसहित विभिन्न साहित्यकारहरू सम्मानित


काठमाडौँ — निर्देशक नवल नेपाल को गृह क्षेत्र इटहरी उप-महानगर पालिकाको संयजकत्वमा इटहरी भाषा साहित्य कला सृजना परिषद्ले इटहरीमा रहेर भाषा साहित्य कलामा योगदान दिनुहुने विभिन्न ब्यक्तित्व हरुलाइ सम्मान गरेको छ । चलचित्र साहित्यमा नवल नेपाल सहित बद्री विशाल पोखरेल (भाषासाहित्य) कृष्ण अधिकारी (साहित्य) मनु मन्जिल (कवि) बिक्रम श्री (कला) लगायतलाई सम्मान गरिएको हो ।

साहित्यकार गणेश रसिक को प्रमुख आतिथ्यमा सम्पन्न इटहरी सृजना उत्सव २०७८ दुई दिन चलेको थियो । समापन सङ्गै सम्मान गरिएको उक्त कार्यक्रमका अध्यक्ष कृष्ण बिनोद लम्साल र कार्यक्रम संयोजक मणि गुरुङ्ग रहेका थिए । साहित्यका विभिन्न बिधाको प्रस्तुती सहित कलाकृती हरु प्रदर्शनमा राखिएका थिए । उक्त अवसरमा कविता,गीत, र गजल हरु समेत प्रस्तुत गरिएको थियो ।