काठमाडौँ — मुस्ताङको कला, संस्कृति र समाज विकाशका लागि योगदान दिनु भएको छिरीङ धावा गुरुङको जीवनीमा आधारित बृत्तचित्र थर्पी– थर्च्याङ छिरीङ धावा गरुङको जीवनी आज नेपाल पर्यटन बोर्डको हलमा (प्रिमियर सो) प्रदर्शन भएको छ । नेपाल अल्पाइन फाउन्डेशनले आयोजना गरेको यस बृत्तचित्र प्रदर्शन कार्यक्रममा सञ्चार तथा सुचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको शुभकामना सन्देशका साथ भएको थियो मन्त्रीको कार्यव्यास्तताका कारण उपस्थित हुन नसकेकोले शुभकामना सन्देश पठाउनु भएको थियो । कार्यक्रममा नेपाल अल्पाइन फाउन्डेशनका सस्थापक सल्लाहाकार एव सदस्य पासाङ दोर्जी शेर्पाले यस बृत्तचित्रले युवाहरुलाई समाज विकाश महत्वपुर्ण योगदान पु¥याउने जानकारी दिनु भयो ।
कार्यक्रममा मुस्ताङबासी, विभिन्न संघसस्थाका प्रतिनिधि, बृत्तचित्र निमार्ता र पत्रकारहरु सहभागी रहेका थिए । हिमाल पारीको जिल्ला मुस्ताङको संस्कार सस्कृतिमा र समाजलाई योगदान पु¥याउनु व्याक्ति छिरीङ धावा गुरुङको जीवनमा आधारित बृत्तचित्रलाई आएका दर्शकले राम्रो प्रतिक्रिया दिएको थियो । सगरमाथा आरोही, पत्रकार, नेपाल अल्पाइन फाउन्डेशनका सस्थापक अध्यक्ष र बृत्तचित्र निमार्ता डोमा शेर्पाले यो बृत्तचित्र निमाण गरेको हो । करिव ३ बर्ष समय लगाएर बृत्तचित्र निमार्ण गरेको शेर्पाले जानकारी दिइन । उनका अनुसार बृत्तचित्र निमार्ण गर्नका लागिका लागि अध्ययन र अनुसन्धान गर्नमा समय लागेको जानकारी दिइन ।
बृत्तचित्र ३२ मिनेटको रहेको छ यसमा छिरीङ धावा गुरुङले शिक्षा, विद्युत उत्पादन र राजनितिक र समाजमा विकाशका लागि पु¥याएको योगदानलाई समेटिएको छ भने मुस्ताङ परम्परागत रुपमा चलि आएको थर्पी थच्याङ समेटिएको छ । १६ बर्षको उमेरमा युवाहरुलाई समाज प्रतिको जिम्मेवारी हुने गर्छ र ६० बर्ष नागेपछि थर्पी थच्याङ गरि समाज र सामाजिक गतिविधिहरुबाट सन्यास लिएको जानकारी दिनका लागि पहिला ७ दिनसम्म यो पर्व गरिन्थ्यो भने आजकाल २ दिनसम्म विवाह गरे जस्तै गरि यो पर्व मनाइने गरिन्छ । यसै सेरोफेरोमा यो बृत्तचित्र निमार्ण गरिएको छ ।
मुख्य पात्र छिरीङ धावा गुरुङले आफ्नो जिवन कालमा गर्नु भएको कार्यहरु यस प्रकार रहेको छ । सामाजिक तथा राजनितिक क्षेत्रमा प्रखट रहेका छिरीङ दावा गुरुङ मुस्ताङ जिल्लाका एक परिचित व्याक्ति हुन । उनको बारेमा मुस्ताङबासीलाई राम्रैसँग जानकारी रहेको छ । सामाजिक कार्यसगै राजनितिमा पञ्चायतकाल देखि लागि परेका छन । समाजको विकासमा महत्वपुर्ण योगदान पुर्याउनु भएको छ । विस २००६ सालमा मुक्तिनाथ रानी पौवामा जन्मिएका थिए । २०३२ साल देखि २०३७ सम्म गाउँ पञ्चायतको प्रधान पञ्च भएर काम गरेको थियो त्यससमय गाउँघरमा हुने सानातिना समस्या समाधान गर्न र गाउँको विकाशमा खटिएका थिए । त्यसपश्चात २०३७ देखि ४२ सालमा जिल्ला पञ्चायत उपसभापति पदमा रहेर काम गर्नु भएको थियो । जिल्लामा हुने हरेक समस्याको समाधानमा तल्लिन रहन्छन ।
गाउँघर र जिल्लाको विकाश गर्न मुस्ताङ जिल्लामा पहिलो पटक अध्यारोलाई उज्यालो बनाउने उद्देश्यका साथ विस २०४२ मा पहिलो पटक मुस्ताङ जिल्लामा जलविद्युत ल्याउने व्याक्ति उनै हुन । उनको पहलमा रानी पौवा पुराङमा १२ किलोवाटको जलविद्युत उत्पादन भएको थियो पछि २०४५ सालमा त्यसलाई बढाएर ३५ किलोवाट बनाएको थियो । विस २०४२ मा राष्ट्रिय पञ्चायत माननियमा उम्मेदवार दिएपनि जित हासिल गर्न सकेनन । २०५६ मा बौदलिय व्यवस्था आएपछि नेपाली काग्रेसमा प्रवेश गरेका थिए । २०५८ सालमा मुस्ताङबासी सुकुम्बासी आयोगको अध्यक्षमा रही काम गरेका थिए । विस २०६८ देखि २०६९ सम्म नेपाली काग्रेस केन्द्रिय महाधिवेशन सदस्य भइ काम गरेका थिए ।
समाज विकाश गर्न शिक्षाको अवश्यकता हुने भएकोले उनकै पहलमा ज्वालामुखी स्कुलको स्थापना गरि प्रध्यापकको रुपमा ९ बर्ष काम गरेका थिए यस विद्यालयमा रहदा शिक्षा सघं नेपालबाट सम्मानित हुनु भएको थियो । विस २०७५ सालको चुनावमा प्रदेशसभा ख बाट चुनाव लडेपनि जित हासिल गर्न सकेका थिएनन । छिरीङ धावा गुरुङ तल्लो मुस्ताङबासीका लागि उदाहरणीय व्याक्तिका रुपमा परिचित छन । समाज विकाशमा शिक्षाको आवश्यकताको महसुज गरि शिक्षा क्षेत्रमा योगदान दिए शिक्षाका लागि उज्यालो ज्योतिको आवश्यकता पर्ने भएकोले पहिलो पटक जिल्लामा जलविद्युत उत्पादनगरि उज्यालो ज्योती दिए । त्यसैगरि समाजका हरेक काममा अग्रजको रुपमा अग्रनी भुमिका निभाउदै आएको छ ।


प्रतिक्रिया