काठमाडौँ — नेपालको केन्द्रीय बैंकले आज मुलुकको अर्थतन्त्रको फेहरिस्त प्रस्तुत गरेको छ । जस अनुसार मुलुका अर्थतन्त्रका अधिकांस सुचक नकारात्मक छन् । तर, सरकार र दलहरु यसैमा राजनीति गरीरहेका छन् । यो भनाई हो अर्थतन्त्रको बागडोर सम्हालेका मन्त्री जनार्दन शर्माको, उनले सोमबार पत्रकार सम्मेलन गर्दै अर्थतन्त्र सहि ट्याकमा भएको दावी गरे । तर त्यसको भोलीपल्टै नेपालको केन्द्रीय बैंकले अर्थतन्त्रका सुचकहरुको फेहरिस्त प्रस्तुत गर्यो । जस अनुसार अर्थमन्त्रीको दावी सँग मिल्ने कुनै आधार देखिएका छैनन् । राष्ट्रबैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा साढे ११ खर्ब पुगेको छ । समीक्षा अवधिमा निर्यात÷आयात अनुपात ११.३ प्रतिशत पुगेको छ ।
यता आयतको तुलनामा निर्यात भने नगन्य छ । ८ महिनामा १ खर्ब ४७ अर्ब ७५ करोड मात्रको निर्यात भएको छ । जसले विदेसी संचीत निरन्तर घट्दै ९ अर्ब ५८ करोड डलरमा आइपुगेको छ । जनताको प्रत्यक्ष सरोकार रहेको मूल्य वृद्धी झन झन आकासीदै गएको तथ्याङ्कले नै देखाईरहेको छ । आठ महिनामा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा छ । तर पनि नत अर्थमन्त्रीलाई यी तथ्याङ्कले प्रभाव पारेको छ नत राजनीतिक दललाई नै । अर्थमन्त्री झुटो प्रचार बाजिमा लागेका छन भने विपक्षी नेताहरु यसैलाई राजनीतिको माध्यम बनाई रहेका छन ।
आफ्नु सरकार देखि नै अर्थतन्त्रमा परेको प्रभाव विर्सिएर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओलीले मंगलबार दिएको अभिव्यत्ती हेरौ सरकारको ध्यान आर्थिक समस्या समाधान गर्नेतर्फ भन्दा आफ्नै स्वार्थसिद्धि गर्नतर्फ देखिन्छ । जसका कारण जनता देखि निजी क्षेत्र सम्म सरकार सँग सन्तुष्ठ छैनन् । आर्थिक सुचक हरुले पनि देश बर्बादी तर्फ गएको प्रस्टै देखिन्छ । यसमा सरकारले वेलैमा ध्यान नदिए अर्थतन्त्र चरम मन्दीमा जाने निश्चीत छ ।


प्रतिक्रिया