काठमाडौँ ज्ञ वन संरक्षण जिम्मेवारी लिएका व्यक्ति नै सिरहामा अवैध काठसहित पक्राउ परेका छन् । सिरहाको मिर्चैया नगरपालिका–७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम पोखरेल अवैध काठसहित पक्राउ परेका हुन् । बहुमूल्य प्रजातिको खयर काठ, तीन वटा आँपको गोलिया र विभिन्न जातको अवैध काठ लोड गरिएको स १ त ३६०७ ट्याक्टर पोखरेल आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्था सशस्त्र प्रहरी बल मिर्चैया वेस क्याम्पले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले पक्राउ गरी पोखरेललाई वन कार्यालयलाई बुझाएको थियो ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख गंगाप्रसद यादवले नियन्त्रणमा लिइएको काठ नापजोख भइरहेको र पक्राउ परेका पोखरेललाई मुद्दा चलाउन आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट सोमबार नै म्याद थप गरिएको बताए छ ।


प्रतिक्रिया