Breaking

भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिन देउवा सहमत


काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनावमा भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् । पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद पनि देउवा महानगरपालिकाको प्रमुख माओवादीलाई छोड्न तयार भएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउनका लागि देउवाले भरतपुर छाड्ने मनस्थितीमा पुगेका हुन् ।

पार्टीका स्थानीयस्तरका नेतारकार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले नलिए विद्रोह गर्ने चेतावनी दिएका छन् । कांग्रेस स्थानीय नेताहरुका अनुसार आलोपालो गर्नुपर्ने गठबन्धनको चरित्र र राजनीतिक शक्तिका आधारमा पनि यसपटक कांग्रेसले मेयर पाउनुपर्ने बताएका छन् । चैत १५ मा चितवन कांग्रेसले सर्वसम्मतिबाट मेयर पाउनुपर्ने निर्णय गरेको थियो ।