काठमाडौँ — भारतले मंगलबार स्वदेशमा विकसित एन्टी–ट्याङ्क मिसाइल हेलिनालाई लद्दाखमा सफल परीक्षण गरेको छ । यी मिसाइललाई हेलिकोप्टरमार्फत् लञ्च गर्न सकिन्छ । डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन ९डिआरडीओ० का अधिकारीले समाचार एजेन्सी एएनआईलाई भनेको छ, ‘यो क्षेप्यास्त्रको सोमबार सफलतापूर्वक परीक्षण गरिएको थियो जहाँ यो लक्ष्यमा प्रहार गर्न सफल भएको थियो ।
यो क्षेप्यात्रलाई भारतमै निर्मित एएलएच ९एड्भान्स लाइट हेलिकोप्टर० ध्रुवमा फिट गरिएको थियो ।
यसलाई अग्लो पहाडी इलाकाबाट हेलिकोप्टरको उडानको क्रममा परीक्षण गरिएको थियो जसमा यो सफल रह्यो ।
मंगलबारको उडान परीक्षणमा डिआडिओ, भारतीय सेना र वायु सेनाका वैज्ञानिकको समूह समावेश थियो । एजेन्सी


प्रतिक्रिया