काठमाडौँ – नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्मा भोलि मतदान हुने भएको छ । जसका लागि आज नयाँ प्रधानमन्त्रीको लागि मनोनयन हुँदैछ भने भोलि लागि मतदान तोकिएको छ ।
भोलि बिहान संसद् अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने तयारी गरेको त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन् ।
पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल– एन) का अध्यक्ष तथा निवर्तमान विपक्षी नेता शहबाज शरिफ आगामी प्रधानमन्त्री बन्ने निश्चित रहेको बताइएको छ ।
यसअघि शनिवार अबेर संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन् । लगत्तै नयाँ प्रधानमन्त्रीको लागि पक्रिया सुरु गरिएको हो ।


प्रतिक्रिया