समाचार

मिस हिमालय लिटल एन्जल काठमाडौँ २०२२ को अडिसन सम्पन्न


काठमाडौँ – कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौँ २०२२ को पहिलो अडिसन चैत्र १८ गते सम्पन्न भएको छ । राजधानीस्थित गोकर्णेश्वर नगरपालिकामा पर्ने बेशीगाँउमा अडिशनको समापन भएको हो ।

तेस्रो संस्करणको अडिसनमा ११३ जनाले भाग लिएका थिए । प्रतियोगीहरुलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । स्टेज प्रस्तुतिकरण, ब्यत्तिmत्व विकास, भौतिक विकास , आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसन लगायतका क्रियाकलापहरुमा उनीहरुले सिक्ने मौका पाउने छन् ।

वरिष्ट ऱ्यापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ प्रमुख निर्णायकको भूमिकामा रहँदा उनलाई साथ दिन कथा इभेन्टकी प्रमुख गनिका गुरुङ र मिस लेडी नेपाल २०१९ कि ऒकि किमोचि विष्ट पनि अडिसनको निर्णायक मण्डलमा बसेकी थिईन् ।

प्रतियोगितामा उमेरको हिसाबले तीन समुहमा विभाजन गरेर समूह विजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ । विजेताले नगद रु ५० हजार साथै इन्टरनेशनलमा प्रतिनिधित्व गर्नेछन् । फष्ट रनरअपले नगद रू ३० हजार र सेकेण्ड रनरअपले नगद रू २० हजार प्राप्त गर्ने छन् । विजेताहरूले नगदसँगै ताज, ट्रफी र अन्य पुरष्कारहरू समेत पाउने छन् ।

कथा इभेन्टले २०१७ देखि बिभिन्न रोचात्मक कार्यक्रमहरू गर्दै आईरहेको र त्यस मध्येको एक बिसेस कार्यक्रम मिस हिमालय लिटल एन्जल पहिलो र दोस्रो संस्करण पनि भव्य र सव्यका साथ सम्पन्न गरेको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिए । यो कार्यक्रमको योहो टेलिभिजन एच डीले प्रत्यक्ष प्रसारण गर्नेछ ।