काठमाडौँ — बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको खुम्बु पासाङल्हमु गाउँपालिकामा बौद्ध धर्म अध्ययनका लागि विद्यालय सञ्चालन गरिएको छ । बौद्ध धर्म दर्शन अध्ययनसहितको अध्यापनका लागि खुम्बु पासाङल्हमु गाउँपालिकाले वडा नम्बर ३ मा मञ्जुश्री आधारभूत विद्यालय सञ्चालनमा ल्याएको हो । बौद्ध धर्म दर्शन अध्ययनका लागि सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाले वडा नम्बर ३ मा मञ्जुश्री आधारभूत विद्यालय सञ्चालन गरिरहेको छ । यस विद्यालयमा बौद्ध धर्म दर्शनबारे विषय अध्ययनका लागि अनिवार्य गरिएको छ । औपचारिक अध्ययनका शिलशिलामा अन्य विद्यालयमा रहेका सबै विषयहरु पढाई हुने र बौद्ध धर्म दर्शनको अध्ययनका लागि एउटा विषय समावेश गरिएको हो ।
३ वर्षदेखि यो विद्यालय सञ्चालनमा छ । हाल यस विद्यालयमा ३ जना शिक्षकले २४ जना बालबालिकाहरु अध्यापन गरिरहेका छन् । सुरुमा भर्ना भएका बालबालिकाहरु हाल कक्षा दुईमा अध्ययन गरिरहेका छन् । उक्त विद्यालयमा गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका अविभावकले मात्रै आफ्ना बालबालिकालाई पढाउन पाउँछन् । संघीय संरचनासहित स्थानीय तहको विकास भई जनप्रतिनिधि चयन भएपछि अधिकांश स्थानीय तहहरुले ऐच्छीक विषय पाठ्यक्रममा समावेश गरेका छन् । बुद्धको जन्मभूमि नेपालमा बौद्ध धर्म संस्कृतीको लोप हुन नदिन विद्यालय तहमै यसबारे शिक्षा प्रदान गर्न जरुरी रहेकाले विशेष विद्यालयको अवधारणा अघि बढाइएका हो ।
अध्यापनका लागि बौद्ध धर्म दर्शनबारे शेर्पा भाषा र सम्बोटा भाषा लिपीमा पाठ्यपुस्तकहरु प्रकाशन गरिएको छ । सो लिपीमा अतिरिक्त विषय मात्रै अध्यापन गराउने र अन्य विषयहरु अंग्रेजी तथा नेपाली भाषामा अध्यापन गराउने गरिएको छ । सरकारी मान्यता प्राप्त शिक्षा हुने गरी सो विद्यालय सञ्चालन गरिएको जनप्रतिनिधिहरुको भनाई छ । राङडोक गुम्बा परिसरमा निर्माण गरिएको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरलाई सो गुम्बाको पनि स्नेह मिल्ने गरेको छ ।
विद्यालयको पुरै संरचना गाउँपालिकाले नै निर्माण गरेको हो । गाउँपालिकाले विद्यालय तथा आवासका लागि ९० लाख रुपैयाा खर्च गरेर दुर्य वर्ष अघि एक भवन बनाएको थियो । यस वर्ष भान्छाघर र डाइनिङ ३० लाख रुपैयाँ खर्चेर बनाइएको छ । खेल मैदान सम्याउनेदेखि भौतिक संरचनाका लागि कुल एक करोढ ६२ लाख रुपैयाँ खर्च भएको छ । विद्यार्थी तथा शिक्षकहरुको आवास तथा खाना पनि गाउँपालिकाले नै व्यवस्थापन गरिरहेको छ । अहिलेसम्म सोका लागि ८९ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया