काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण छिट्टै अघि बढाउने बताएका छन् । शनिबार चितवनमा प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथनको समापन गर्दै उनले क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने सहमति भई प्रक्रिया अघि बढेको बताएका हुन् ।
युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए । राष्ट्रिय सहमतिको उक्त आयोजना कुनै पनि हालतमा अलपत्र नबन्ने उनको भनाइ थियो ।


प्रतिक्रिया