देश

कांग्रेस नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

योहो संवाददाता

काठमाडौँ — सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका पूर्व सभापति विजयसिं तामाङसहित कांग्रेसका स्थानीय नेता(कार्यकर्ता शुक्रबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरूलाई अध्यक्ष प्रचण्डले आफ्नै निवास काठमाडौं, खुमलटार मा पार्टीमा स्वागत गरेका हुन् । हेलम्बुबाट कांग्रेसका धेरै जना नेता(कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रको दाबी छ ।