Breaking

सरकार र राजनीतिक दलको बेवास्ताले नेपालको अर्थतन्त्र धरासायी बन्दै


काठमाडौँ — सरकार होस या राजनीतिक दल, दशको अर्थतन्त्रबारे चासो कमै देखिन्छ । जसका कारण जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको अर्थतन्त्र धरासायी बन्दै गएको छ । अर्थमन्त्रालय यतिवेला आगामी आर्थिक बर्षको बजेट निर्माणमा ब्यस्त छ । चालु आर्थिक बर्षको बजेट नै लक्ष्य अनुसार खर्च गर्न नसेका बेला अर्थमन्त्रालयले नयाँ आर्थिक बर्षको बजेट बनाउन थाली सकेको छ । तर, अर्थतन्त्र सुधारमा भने नत अर्थमन्त्रीको चासो छ, नत प्रधानमन्त्रीको । अर्थमन्त्रालयको बागडोर सम्हालेका मन्त्री जनार्दन शर्मा त झन निरन्तर असफल बन्दै गएका छन् । विहिवार मन्त्रीपरिषद् हेरफेर गर्दा उद्योगी देखि सर्वसाधरण सम्मले अर्थमन्त्री परिवर्तको आसा गरेका थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार बचाउन अर्थमन्त्रीको भुमिकामा रहेका जनार्दन शर्मालाई हटाउन नसकेको चर्चा छ ।

अर्थमन्त्रीको अर्कमण्यताले नै अहिले देश आर्थिक संकट उन्मुख हुदा पनि माओवादी केन्द्रले जनार्दन शर्माको नेतृत्वमा सरकारमा पठाएका कारण पनि उनको पद बचिरहेको विश्लेषण गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा देउवा सरकारलाई असफल बनाउन उद्यत देखिएका छन । अर्थमन्त्रीसँग उद्योगी मात्र हैन सर्वसाधारण नागरिक देखि अर्थतन्त्र बुझेका हरु पनि रुष्ट छन् । तुलनात्मक रुपमा नेपालभन्दा समृद्ध र केही वर्षयता स्थिर श्रीलङ्कामा अचानक आइपरेको आर्थिक सङ्कटले अचेल धेरै नेपालीहरूलाई झस्काइरहेको छ । के अब नेपाल पनि श्रीलङ्काकै मार्गमा हिँडिरहेको हो ? भन्ने जस्ता प्रश्न चियापसलका गफहरूमा मात्र सीमित छैनन् बरु अर्थविद्हरूले नै सतर्क रहन चेतावनी दिन थालिसकेका छन् । अहिले नै नसम्हालिने हो भने नेपालको हालत श्रृंलकाकै अवस्थामा पुग्ने विज्ञहरुले बताउदै आएका छन । नेपालको अर्थतन्त्रको अधिकांश सुचक निराशाजनक छ । समष्टिगत सूचक भनिने अर्थतन्त्रको स्वास्थ्य दर्शाउने केही सूचकहरू यो आर्थिक वर्षको सुरुदेखि नै निरन्तर खस्किरहेको राष्ट्र बैंकको मासिक विवरणहरूले देखाइरहेका छन् ।

श्रृलकांको दुरदशा यहि कारणले भएको हो । श्रीलंकाका लागि पूर्वराजदूत समेत रहेका प्राध्यापक डा विश्वम्भर प्याकुरेलको नजरमा नेपाल र श्रृलकाको अवस्था समान नजिक छ । त्यहा जुन स्तरको भ्रष्टाचार छ, जुन स्तरतको नातावाद कृपावाद छ र जसरी विलासी सामानको अधिक प्रयोग हुन्छ । ठिक त्यस्तै अवस्थामा नेपाल पनि छ । जसले गर्दा नेपाल पनि दुर्घटनको डिलमा पुगेको उनको विश्लेषण छ । अर्थतन्त्रमा नेपाल परनिर्भर हुँदा अर्थतन्त्र नाजुक हुदै गएको कुरामा दुईमत छैन । भोलिको नेपालको अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको अनुमान गर्न कठिन भैसकेको छ । अब राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय र अन्य मन्त्रालयहरु मिलेर मौद्रिक नीतिबाट भएको नकारात्मक कुरालाई आर्थिक र वित्तिय नीतिबाट हस्तक्षेप गर्नुपर्ने समय आएको छ । साथै, विदेशबाट आउने विप्रेषण किन घट्यो भन्ने कुरा पत्ता लगाउन जरुरी छ । त्यसको नेतृत्व अर्थमन्त्रीले गर्न सक्दैनन् भने प्रधानमन्त्रीले यसबारे सरकार बचाउने भन्दा पनि अर्थतन्त्र बचाउने कुरामा ध्यान दिन जरुरी भै सकेको छ ।