विदेश

मानवअधिकार परिषद्को सदस्यबाट रुसलाई हटाउने विषयमा राष्ट्रसंघीय महासभामा मतदान हुँदै


काठमाडौँ — बिहीबार संयुक्त राष्ट्र संघको महासभामा रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ओ एचसीआर को सदस्यबाट निलम्बन गर्ने विषयमा मतदान हुँदैछ । महासभामा युक्रेनमा रुसी सेनाले सुनियोजित रूपमा युक्रेनमा मानवअधिकार उल्लंघनु गरेको विषयमा मतदान हुन लागेको हो । १९३ सदस्य रहेको महासभामा दुई तिहाई मतले रुसलाई सदस्यबाट हटाउनेरनहटाउने निर्णय गर्न सक्नेछ । मतदानमा अनुपस्थित हुने सदस्यसंख्या भने गणना हुने छैन । यसअघि सन् २०११ मा लिबियालाई मानवअधिकार परिषद्को सदस्यबाट हटाइएको थियो । तत्कालीन नेता गद्दाफीसमर्थित सेनाले मानवअधिकार उल्लंघन गरेको भन्दै लिबियालाई सदस्यबाट हटाइएको थियो ।

मानवअधिकार परिषद्‍मा अफ्रिका र एसिया प्रशान्त क्षेत्रबाट १३, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट ८, पश्चिम युरोप र अन्यबाट ७ र पूर्वी युरोपबाट ६ मुलुक गरी ४७ सदस्य छन् । रुसको कार्यकाल सन् २०२३ मै सकिने भए पनि मानवअधिकार परिषद्‍को सदस्यबाट निलम्बन गरिने प्रक्रिया पश्चिमले रुसलाई एक्लाउने अर्थमा भने महत्त्वपूर्ण मानिन्छ । यसले बलियो राजनीतिक सन्देश दिन सक्ने र रुसले युद्ध अपराध गरेको विषयमा पनि छानबिन अगाडि बढ्न सक्ने बताइएको छ ।

रुसले भने मानवअधिकार परिषद्को सदस्यबाट हटाउने प्रक्रियाको मतदानमा अनुपस्थित हुने वा ुहुन्छु भन्ने पक्षमा मतदान गरेमा त्यसलाई ुशत्रुतापूर्ण व्यवहारु का रूपमा लिने बताएको छ । साथै त्यस्तो प्रक्रियामा सहभागी हुने मुलुकसँगको द्विपक्षीय सम्बन्धमा समेत नकारात्मक असर पर्ने रुसले चेतावनी दिएको छ । फेब्रुअरी २४ देखि युक्रेनमा रुसले आक्रमण गरेदेखि राष्ट्रसंघ महासभामा दुई वटा रुसविरुद्ध २ वटा प्रस्ताव पारित भइसकेको छ । जसमा सहभागी १४१ सदस्यमध्ये रुसविरुद्ध १४० मुलुकले भोट हालेका थिए । पछिल्लो समय रुसले युक्रेनको बुचालगायतका सहरमा सर्वसाधारणमाथि आक्रमण गरेको भन्दै आलोचना भएको छ । रुसले भने सर्वसाधारणलाई आक्रमण नगरिएको बताउँदै आएको छ ।