काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीवार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतः महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा हावाहुरी, मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्धरले जानकारी दिइन् । उनका अनुसार अन्य प्रदेशहरूमा भने मौमस सफा रहेनछ ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया