देश

पल शाहविरुद्धको मुद्दाको थुनेछेक बहस सकियो


काठमाडौँ — बलात्कार गरेको आरोप लागेका नायक पल शाहविरुद्धको मुद्दामा जिल्ला अदालत नवलपुरमा थुनछेक बहस सकिएको छ । अदालतका वैतानिक वकिल दीपक भट्टराईले तीन वकिलले किशोरीको तर्फबाट र ९ जना वकिलले शाहको पक्षबाट बहस गरेको जानकारी दिए ।

बहसमा किशोरीपक्षले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ । आदेश आउन लागेको छ । तत्काल धरौटीमा वा तारेखमा छुट्ने सम्भावना न्यून छ । थुनामै जाने हो । जतिसुकै बहस गरेपनि अहिले थुनछेकमा मान्छे छुट्दैन । तनहुँ अदालतमा जे भयो त्यही हुने हो, उनले भने ।
यो ।