देश

भिरबाट लडेर एक वृद्धको ज्यान गयो


काठमाडौँ — गोरखा नगरपालिका १३ मझुवा देउरालीस्थित गल्छिन भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । तनहूँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का ६८ वर्षीय मोहनलाल थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमवार साँझ चार बजेको समयमा गोरखा स्थित सम्दीको घरमा जान भनेर हिडेका उनी घर नफर्केपछि परिवारजनले खोजी कार्य अघि बढाएका थिए । सोही क्रममा मंगलवार साँझ चार बजे गल्छिन भिरमा उनको शव फेला परेको प्रहरीले जानकारी दिए।