काठमाडौँ — सत्ता गठबन्धनले चुनावी तालमेल सहित निर्वाचनमा जाने र महानगरको वाँडफाट केन्द्रबाटै गर्ने तयारी पछि विरगञ्ज महानरपालिका पनि यतिवेला चर्चामा छ । निर्वाचनको मुखमै वहालवाला मेयर नै एमाले प्रवेश गरेपछि केहि समयबाट तरङित विरगन्जको राजनीतीमा लोसपा सरकारमा जाने कुराले थप तरङ थपेको छ । के छ त विरगञ्जको अवस्था ? स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा चुनावी समीकरण र वाडफाडको रस्साकस्सी चुलिएको छ । विशेषत महानगरको वाडफाडको केन्द्रबाटै तय हुने तयारीका कारण वीरगन्ज महानगरको पनि चर्चा यतिवेला चुलिएको छ ।
वीरगञ्जमा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको स्थान पाँचौ थियो । यसरी गत निर्वाचनमा पाँचौ स्थानमा रहेको एमाले विगतको निर्वाचनमा लोकप्रिय देखिएका नेतालाई पार्टीमा ल्याएर उम्मेदवार बनाउन कस्सिएपछि वीरगञ्ज महानगरपालिकाको चुनावी माहौल तरंगित भएको हो । यहिबीचमा मेयरको टिकटको वार्गेनिङ सहित बहालवाला मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन । तर यहि कारण गत निर्वाचनमा तेश्रो स्थानमा रहेका राजेशमान सिंह जसपा प्रवेशले एमालेलाई घाटा भएको स्थानीय राजनीति ज्ञाताहरुको बुझाई छ ।
सरावगीसँग भन्दा राजेशमानसँग वडाध्यक्ष धेरै थिए भने उनलाई गुमाउँदा एमालेले आफ्नो सम्भावित बलियो शक्तिमात्र गुमाएको छैन, विभाजित जसपालाई समेत एकजुट बनाइदिएको छ । किनकि राजेशमान एमालेमा प्रवेश गरेका भए जसपाका अध्यक्ष रामनरेश यादव समूह समेत एमाले प्रवेशको तयारीमा थियो । त्यहाँ लामो समयदेखि समानान्तर कमिटी चलिरहेका थिए । सरावगीको एमाले प्रवेश र राजेशमानको जसपा प्रवेशसँगै पर्सामा जसपा पुनः बलियो बनेको विश्लेषण सुरु भएको छ । एमाले आक्रमक बन्दा अघिल्लो निर्वाचनमा दोस्रो भएको नेपाली कांग्रेस भने ‘पर्ख र हेर’को अवस्थामा छ ।
गत निर्वाचनमा १७ हजार एक सय ९७ मत सहित कांग्रेसका अजयकुमार द्विवेदी दोस्रो थिए भने त्यसमा विजयकुमार गच्छदारको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग एकता भएपछि आफू थप मजबुद बनेको कांग्रेसको विश्लेषण छ । फलत ः कांग्रेसभित्र अहिले ८ जनाले मेयरमा दाबी गरिरहेका छन् । त्यस्तै ओलीले आफ्ना सक्रिय कार्यकर्ता निरन्तर लगिरहेपछि झस्किएको लोसपा पनि सरकारमा सहभागी हुने अन्तिम तयारीमा छ । स्वभाविक रुपमा उसको ढल्काई कांग्रेसमै हुने देखिन्छ ।
यसरी कांग्रेस, एमाले र जसपाकैबीचमा मुख्य प्रतिस्पर्धा रहेको वीरगञ्जमा जसपालाई सिट खाली गराउन नहुने वीरगञ्जका कांग्रेसीको मत छ । तर विराटनगरमा पनि कांग्रेससँग जसपाकै प्रतिस्पर्धा देखिएका कारण वीरगञ्ज जसपाले पाउने र विराटनगरमा जसपाले कांग्रेसलाई छोड्ने संभावना भने वढेको छ । आफूलाई टिकटको अवसर दिएकै कारण जसपा रोजेको राजेशमान सिंहको भनाइले समेत जसपाले विरगञ्ज नछोड्ने इंगित गर्दछ । समग्रमा विरगञ्जमा सत्ता गठबन्धनको तालमेल एमालेलाई भारी पर्ने देखिएको छ ।
तर भर्खरै फुटेको लोसपा र जसपालाईसंगै मिलाएर लान देउवालाई कम चुनौती चाहीँ छैन । त्यसमाथि मधेसमा उदाउदै गरेको सिके राउत नेतृत्वको जनमतको प्रभाव र एमालेको मधेसमा केहि सप्रिएको छवीले पनि एमाले हौसिएको छ । मधेसमा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कमजोर हुँदा त्यसको लाभ आफूले उठाउने एमालेको विश्लेषण छ ।


प्रतिक्रिया