देश

जनप्रतिनिधिहरुले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नु पर्छ: राष्ट्रपति


काठमाडौँ — राष्ट्रपति विद्यादेवि भण्डारीले जनप्रतिनिधिहरुले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको

रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनु सम्बन्धित पक्षले विशेष महत्व दिनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदाप्रेमीहरु उत्साहित हुनेगरी आफूहरुले सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाएको दावी गर्नु भयो । मेयर शाक्यले सम्पदाहरुको पुनर्निर्माणका लागि स्थानीयबासीको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराउनु भयो ।