विदेश

आर्थिक संकट गहिरिदै गएपछि श्रीलंकामा आपतकालीन घोषणा


काठमाडौँ – श्रीलंकामा आपतकालीन अवस्था लागू भएको छ । राष्ट्रपति कार्यालय अगाडि भएको प्रदर्शनले हिंसात्मक रुप लिल पछि आपतकालीन अवस्था लागू गरिएको हो ।

सहरमा सेना परिचालन गरिएको छ । अहिले सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । श्रीलंका अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।

आर्थिक संकटका कारण जनजीवन प्रभावित हुँदा स्थानीयहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । विदेशी मुद्राको अभावका कारण श्रीलंकाले इन्धन किन्न सकिरहेको छैन । अहिले श्रीलंकामा कम्तीमा १२ घण्टा विद्युत कटौती भइरहेको छ ।

यस्तै इन्धन, अत्यावश्यक खाद्यान्नसहितका सामग्रीको अभाव भएको छ । यसले सर्वसाधारणमा आक्रोश बढेका बेला सरकारले आपतकालीन अवस्था लागू गरेको हो ।